डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन सुरु
मंगलबार, माघ २२, २०८१
दिपायल सिलगढी नगरपालिका–५ का किसान जयबहादुर शाहीले गोब्रे च्याउको व्यावसायिक उत्पादन सुरु गरेका छन् । उनले दिपायल सिलगढी–५ स्थित जिरो प्वाइन्ट नजिकै जग्गा भाडामा लिएर पहिलोपटक च्याउखेती थालनी गरेका छन् ।
दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र
मंगलबार, माघ २२, २०८१
जिल्लाको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको शुभारम्भ गरेका हुन् ।
म्याग्दीको पूर्वाधार र पर्यटन विकासमा मेरो ध्यान गएको छ : अध्यक्ष प्रचण्ड
मंगलबार, माघ २२, २०८१
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताएका छन् ।
जसपा नेपालको कार्यकारिणी बैठक : यस्तो छ निर्णय
मंगलबार, माघ २२, २०८१
जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज सम्पन्न भएको छ। तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठक सोमबार साँझ सकिएको छ।
स्याङ्जामा स्कारपिओ दुर्घटना हुँदा पाँच जना घाइते
मंगलबार, माघ २२, २०८१
स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
प्रहरीका अनुसार मंगलबार बिहान ८ बजे वालिङ नगरपालिका १४ तमादीस्थित वालिङ-पर्वत कच्ची सडकमा स्कारपियो दुर्घटना भएको हो।
जुगललाई हराभरा बनाउन माओवादीको जित आवश्यक - सांसद सापकोटा
मंगलबार, माघ २२, २०८१
नेकपा माओवादी केन्द्र जुगल गाउँपालिकाले आफ्नो तेस्रो सम्मेलन सम्पन्न गरेको छ। सोमबार जुगलको ढाडे बजारमा आमसभा गर्दै सम्मेलन सम्पन्न गरेको जुगल माओवादी ले जनाएको हो।
रारामा कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु
मंगलबार, माघ २२, २०८१
राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ । एनआरएनअष्ट्रेलियाको लगानीमा प्रदेशकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न सोमबार हिन्दू धर्मअनुसार भूमि पूजा गरिएको हो ।
काँक्रोको बीउ बेचेर ६ करोड आम्दानी
मंगलबार, माघ २२, २०८१
पर्वतको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर ६ करोड आम्दानी गरेका छन् । विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका कृषकले यसवर्ष छ करोड ३० लाख आम्दानी गरेका हुन् ।
अर्जुन ट्रफी क्रिकेटः सिवाइसी अत्तरियाको दोस्रो जित
मंगलबार, माघ २२, २०८१
धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिवाइसी अत्तरियाले लगातार दोस्रो जित हासिल गरेको छ ।
गो ड्रिर्मसको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको तेस्रो दिनको दोस्रो खेलमा क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँलाई ८६ रनको फराकिलो अन्तरले हराउँदै अत्तरियाले सेमिफाइनलको सम्भावना बलियो बनाएको हो ।
पाथीभरा केबलकार विवादः हिजोको वार्ता निष्कर्षविहीन, आज फेरि वार्ता हुँदै
मंगलबार, माघ २२, २०८१
ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका विषयमा भएको आजको वार्ता सकारात्मक रूपमा टुङ्गिएको छ ।
काठमाडौं महानगरले भन्यो - करिब ५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत
मंगलबार, माघ २२, २०८१
‘सञ्चालनमा रोक लगाउनु अघि सुधार गरेर सञ्चालनको मौका दिइनेछ । यो अवसरलाई प्रयोग गर्न अटेर गर्नेलाई जरिवाना तिराएर सञ्चालनमा रोक लगाइने छ’, प्रमुख राईले भने । उनका अनुसार हालसम्म कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामङ्गल, पानीपोखरी र जमल भएर सञ्चालित सवारीसाधनको परीक्षण भएको छ ।
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा (विज्ञप्तिसहित)
मंगलबार, माघ २२, २०८१
गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ।
मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।
तिमाङको जङ्गलमा लागेको आगो अझै निभाउन सकिएन
मंगलबार, माघ २२, २०८१
‘आगो नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयसहितका टोलीले आगो नियन्त्रणमा लिने प्रयासमा गरिरहेका छौँ । आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, सम्बन्धित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन छन्’, प्रजिअ आचार्यले भने, ‘भिरमा आगलागी भएकाले नियन्त्रणमा लिन समस्या भइरहेको हो ।’ अन्यत्र आगो नफैलियोस् भनेर...
साताको लोकप्रिय

