राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - संघीय संसद अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको पचहत्तरौँ बैठक आज बस्ने भएको छ ।
बिहिबार बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आजको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्ताहरुसँग छलफल गरिने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ०७:५७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
