मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौं - मधेश प्रदेश सरकारको प्रदेशसभा बैठक बस्दै छ । बैठक आज अपरान्ह ४ बजे बस्न लागेको हो । आजको बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै छ । प्रदेशसभामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकी छिन् ।
कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने बताइएको छ । नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२ ०८:१४
प्रतिक्रिया दिनुहोस्