Harsamaya
बलात्कार गरेको आरोपमा पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

अर्घाखाँची - ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छत्रदेव गाउँपालिका-८ निन्युडाँडा बस्ने ४० वर्षीय मेगराज नेपालीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

मेगराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खन र प्रहरी चौकी अर्घातोषबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस्तै इलाम, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका-९ बरबोटे बस्ने २२ वर्षीय अमित गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अमितले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  २१:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update