Harsamaya
भूमि सम्बन्धी विधेयक समितिबाट बहुमतले पारित, माओवादी र रास्वपाले फरक मत राख्ने

काठमाडौं - भूमि सम्बन्धी विधेयक संसदीय समितिबाट बहुमतले पारित भएको छ ।  प्रतिनिधि सभाको  अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयक बहुमतले पारित गरेको हो ।

विधेयकको छलफलबाट माओवादी केन्द्र भने बाहिरिएको छ । माओवादी र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन् । फरक मत लेखेर भोलि शुक्रबार दिए पनि हुने संसदीय समितिका सचिव शिवदत्त बरालले बताए ।

फरक मतसहित शुक्रबार पनि समितिको निर्णयमा हस्ताक्षर गर्न सक्ने उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update