काठमाडौंको मनोहरा किनारमा रहेको सुकुम्वासी बस्तीमा चल्यो डोजर

काठमाडौं - काठमाडौं महानगरपालिकाले काठमाडौंको मनोहरा किनारमा रहेको सुकुम्वासी बस्तीमा डोजर चलाएको छ ।
शुक्रबार डोजरसहित पुगेको नगर प्रहरीले मनोहरा किनारमा रहेका अनधिकृत बस्ती भत्काएको हो । सुकुम्वासी बस्ती भत्काउन खोज्दा सुकुम्बासीहरुले नगर प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए । सो क्रममा सुकुम्बासी र नगरप्रहरीबीच केहीबेर झडप पनि भएको थियो ।
स्थिति नियन्त्रणमा लिएपछि नगर प्रहरीले घर–टहराभित्र रहेका सामानहरुलाई बाहिर निकालेर भत्काएको थियो ।
मनोहरा किनारमा बनेका संरचना हटाउन सात दिने सूचना निकाल्दा समेत संरचना नहटाएपछि डोजर लगाउनुपरेको काठमाडौं महानगरले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२ १५:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय