ब्राउनसुगर सहित बर्दियाका पुर्ण बहादुर पक्राउ

बर्दिया - अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-५ सन्तोषी टोल बस्ने ४४ वर्षीय पुर्ण बहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२ २१:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय