Harsamaya
सिराहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप     

सिराहा - सिरहाको धनगढी माई नगरपालिका–११ आम टोल बस्ने लहान नगरपालिका २४ मल्हनामाका ८८ वर्षीय वृद्ध फनिलाल यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी माई नगरपालिका २ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त मण्डल छन् । उनीहरूले चोरी गर्ने उद्देश्यले गएको र घरभित्र छिरेपछि ती वृद्ध हल्ला गर्न थालेपछि हत्या गरेको अनुसन्धानमा खुलेको सिराहा प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले बताए।

चौधरीको साथमा रहेको खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी र चप्पल घटनास्थलबाट बरामद भएको छ । फनिलालको साउन १४ गते हत्या भएको थियो ।

सीसीटीभी फुटेज र हत्या भएको ठाउँमा छुटेको चप्पललाई पन्छाउँदै जाँदा साउन २३ गते आरोपित मण्डल पक्राउ परेका थिए । मण्डलले दिएको बयानका आधारमा चौधरी २७ गते पक्राउ परेको हो ।

इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी, मधेस प्रदेश र केन्द्रीय अनुसन्धान टोलीले संयुक्त रूपमा छानबिन गरिरहेको एसपी शर्माले बताए । जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको उनले सुनाए ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  २०:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update