१२ वर्षीया बालिकालाई बलात्कार करणी गरेको आरोपमा खगेन्द्र र गोविन्द पक्राउ
                            
                            
                                                        
                                                    
                                                            दैलेख - बलात्कार आरोपमा दैलेखबाट दुई जना पक्राउ परेका छन् ।
१२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा चामुण्डा बिन्द्रासैनी नगरपालिका-८ बस्ने २५ वर्षीय खगेन्द्र भण्डारी र २५ वर्षीय गोपेन्द्र भन्ने गोबिन्द बहादुर शाहीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुल्लु र प्रहरी चौकी जम्बुकाँधबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  २१:१५
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
