
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडिबाट अवैध लागूऔषध कोकिन १ किलो ९ सय ५० ग्राम सहित ब्राजिलियन नागरिक २१ वर्षीयाएमिली मिकेल सन्तोष फरेरा बुधबार पक्राउ परेकी छिन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणमा खटिएको प्रहरीले ब्राजिलबाट दोहा हुँदै नेपाल आई नेपालबाट भुटान जान लागेकी उनलाई जाँच गर्न क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
उनी उपर लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम जिल्ला अदालत काठामडौंबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।
काठमाडौं, तारकेश्वर नगरपालिका-११ आनन्द टोलबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ९ सय ४० ग्राम सहित नुवाकोट ककनी गाउँपालिका-५ घर भएका २५ वर्षीय सुजन तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले बा.४८ प ८७०७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक सुजनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरबाट नियन्त्रित लागूऔषध नोर्फिन ६२ एम्पुल, फेनारगन २९ एम्पुल, डाईजेपाम ५६ एम्पुल र नगद २ हजार ६ सय ६० रूपैयाँ सहित सोही ठाउँ बस्ने काभ्रे घर भएका ३६ वर्षीय नबराज नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको डेरा कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने उदयपुर गढी नगरपालिका-१ घर भएका २४ वर्षीय दिल बहादुर सार्की र हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल घर भएका २४ वर्षीय दिल बहादुर लो तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूको डेरा कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकप्वाईन्टबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोग्राम सहित मनहरी गाउँपालिका-७ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले चितवनबाट वीरगंजतर्फ आउँदै गरेको ना.६ ख ९५३३ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सिराहा, सिरहा नगरपालिका-९ गुलरिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २६ मिलिग्राम सहित सोही नगरपालिका-२२ बस्ने ३२ वर्षीय रोशन कुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-४ स्थित दार्चुला होटल एण्ड रेष्टुरेण्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ८ सय ६० मिलिग्राम सहित होटल संचालक दार्चुला नौगाड गाउँपालिका-४ बस्ने २२ वर्षीय मान बहादुर ठगुन्ना समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-१ कट्टिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने २८ वर्षीय सुमित बादीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कपिलवस्तु, यशोधरा गाउँपालिका-७ मर्यादपुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ८ सय १० मिलिग्राम सहित कपिलवस्तु नगरपालिका-१ मस्जित टोल बस्ने ४५ वर्षीय हमिद मुसलमानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम र नगद ३० हजार रूपैयाँ सहित सोही नगरपालिका-२ शंकरटोल बस्ने ४६ वर्षीय दीप नारायण कुर्मीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-१० भरतपुर सरकारी अस्पतालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ९४ ट्याब्लेट र एनारगन १ सय ९४ ट्याब्लेट सहित सोही महानगरपालिका-१४ बस्ने २० वर्षीय प्रितम विकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही अस्पतालमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-१ आँपटारीचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट सहित तनहुँ देवघाट गाउँपालिका-५ बस्ने १७ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-१० रामनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय रतिराम थारू र २९ वर्षीय कन्हैया थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, खजुरा गाउँपालिका-७ गुनाहानाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय इमरान तेलीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय २० मिलिग्राम सहित सोही नगरपालिका-४ चियादोकान बस्ने २६ वर्षीया ज्योती राई तामाङ समेत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दकमबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने पासाङ तामाङको घर तलासी गर्दा उक्त पदार्थ फेला उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार पासाङको खोजी गरिरहेको छ ।
बझाङ, जयपृथ्बी नगरपालिका-९ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ६ सय ९० ग्राम सहित सोही ठाउँ बस्ने सुर्मा गाउँपालिका-२ घर भएका ३२ वर्षीय शेर बहादुर बोहरालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-१६ मझगाउँबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३३ एम्पुल, प्रोमेथाजाइन ३३ एम्पुल र डाईजेपाम ४ एम्पुल सहित सोही नगरपालिका-४ बस्ने कैलाली घर भएका ३४ वर्षीय लोकेन्द्र बहादुर शाहीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मझगाँउबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-१५ सातदोबाटोबाट नियन्त्रित लागूऔषध नोर्फिन ५२ एम्पुल, फेनारगन ५२ एम्पुल र डाईजेपाम ५२ एम्पुल र नगद १ लाख १५ हजार ४ सय २८ रूपैयाँ सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं मुलपानी बस्ने काभ्रे पनौती नगरपालिका-१ घर भएका ३८ वर्षीय बिर ध्वज तामाङ, २८ वर्षीय जिबन लामा र काठमाडौं बालाजु बस्ने सिन्धुपाल्लोक घर भएका ३५ वर्षीय जिबन तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।