करिब ४७० किलो गाँजासहित ट्रक चालक मान बहादुर पक्राउ
                            
                            
                                                        
                                                    
                                                            महोत्तरी - महोत्तरीबाट अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।
रामगोपालपुर नगरपालिका-५ रामगोपालपुर चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ७० किलो ९ सय ६० ग्राम सहित मकवानपुर राक्सिराङ गाउँपालिका-४ बस्ने २६ वर्षीय मान बहादुर मुक्तानलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको ना.६ ख २९१९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक मान बहादुरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १४:०७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
