लागूऔषध मुद्दाका फरार प्रतिवादी रामचन्द्र पौडेल पक्राउ
                            
                            
                                                        
                                                    
                                                            स्याङ्जा - लागूऔषध मुद्दाका फरार प्रतिवादी आँधीखोला गाउँपालिका-४ बस्ने ४८ वर्षीय रामचन्द्र पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कास्कीबाट २०५९ वैशाख २३ गतेको फैसलाले लागूऔषध मुद्दामा १० महिना १८ दिन कैद तथा ५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत स्याङ्जामा उपस्थित गराइएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १८:३५
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
