बलात्कार आरोपमा सन्तोष वली पक्राउ
                            
                            
                                                        
                                                    
                                                            दाङ - १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१८ नवलपुर बस्ने २३ वर्षीय सन्तोष वलीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
सन्तोषले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १८:१५
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
