केही त मिल्छ साथी !

नमिल्दा नमिल्दै के मिल्छ साथी ?
नमिल्दा नमिल्दै के मिल्छ साथी ?
मनको कुरा मनमै थाम्दा,
ओठमा हाँसो, भित्र आँसु,
साँचो माया झूटो जस्तो लाग्दा,
नमिल्दा नमिल्दै के मिल्छ साथी ?
सपना एउटै, बाटो फरक,
सुनिन्छ बोलि, बुझिन्न भाव,
साथी भन्नेले पनि बेग्लै अर्थ लगाउँदा ,
नमिल्दा नमिल्दै के मिल्छ साथी ?
बुझाइमा बेमेल, साँचो माया अनमोल,
तर भरोसको थलो नै हल्लिँदा,
टुटेका सम्बन्ध टाल्दै हिँड्दा ,
नमिल्दा नमिल्दै के मिल्छ साथी ?
केवल सम्झनामा बाँकी माया,
नबोल्दा पनि घोच्ने शब्द,
तिमी छौ तर छैनौ जस्तो लाग्दा ,
नमिल्दा नमिल्दै के मिल्छ साथी ?
साथी भनौं कि संयोग मात्रै,
कि कथा अधुरो, वा मुटुमा बाँचिरहने प्रण,
नजोडिए पनि आत्मा सम्झिरहने सम्बन्ध ,
नमिल्दा नमिल्दै पनि... केही त मिल्छ साथी।
प्रकाशित मिति: शनिबार, साउन १०, २०८२ ०८:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय