बलात्कार मुद्दामा फरार महिला पक्राउ
                            
                            
                                                        
                                                    
                                                            स्याङ्जा - जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पुतलीबजार नगरपालिका-१३ बस्ने ५४ वर्षीया खुमा भन्ने खुम कुमारी दर्जीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत स्याङ्जाको २०८१ वैशाख १६ गतेको फैसलाले उक्त मुद्दामा २ महिना २३ दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लगि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  २१:२०
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
