Harsamaya
लागु औषध ट्रामाडोलसहित तीन जना पक्राउ
लागु औषध ट्रामाडोलसहित तीन जना पक्राउ ।

हेटौँडा - प्रहरीले लागु औषध १ हजार ७ सय ७० क्याप्सुल ट्राम डोलसहित ३ जनालाई पक्राउ गरेको छ । हेटौँडा – ८ औधौगिक क्षेत्र भित्र पानी ट्याङ्की नजिक सडकमा शङ्कास्पद रूपमा बसी रहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौँडा – १५ शिखर पानी बस्ने वर्ष २४ को महेश तामाङ,भिमफेदी गाउँपालिका घर भई हाल हेटौँडा – ९ डेरा कोठामा बस्ने वर्ष २६ को कैलाश थापा मगर र हेटौँडा – १३ बस्ने वर्ष ४० को सोम स्याङतान रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार ३ बजेको समयमा इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको गस्ती टोली प्रहरीले औधौगिक क्षेत्र भित्र पानी ट्याङ्की नजिक सडक खण्डमा ना. ३८ प ३१८५ नं. को मोटरसाइकल र ना २१ प १७१ नं को स्कुटर रोकी शङ्कास्पद रूपमा बसी रहेको अवस्थामा फेला पारी खानतलासी गर्ने क्रममा निजहरूको साथबाट ट्रामाडोल १ हजार ७ सय ७० क्याप्सुल फेला परेको हो ।

उक्त लागू औषध तथा मोटरसाइकल र स्कुटर बरामद गरी महेश तामाङ, कैलाश थापा मगर र सोम स्याङतानलाई नियन्त्रणमा लिई लागू औषध कसुर मुद्दामा जिल्ला अदालत हेटौँडाबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update