Harsamaya
आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ
प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति बैठक।

काठमाडौं - संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ ।

मंगलबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

बिहान ९ बजे बस्न लागेको विधायन व्यवस्थापन समितिको ८९ औँ बैठकमा भन्सार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने कार्यसूची रहेको छ ।

साथै, बिहान  १० बजे बस्न लागेको राज्य व्यवस्था तथा सुशासन समितिको ८२औँ बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सदस्यहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update