३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
                            
                            
                                                        
                                                    
                                                            सप्तरी - ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बलान बिहुल गाउँपालिका-१ बलान पटि टोल बस्ने ५० वर्षीय चन्देश्वर सदा र ४५ वर्षीय रामदेव सदा रहेका छन् ।
उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कडरवोना र प्रहरी चौकी धाँतीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १८:४५
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
