लागू औषध ट्याब्लेटसहित धरानका मुन्सन पक्राउ
-1750847438.jpg)
काठमाडौं - सुनसरीबाट लागू औषधसहित एक जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-५ देउराली चोक घर भई झर्नाचोक स्थित कला खत्रीको घरमा डेरा गरी बस्ने हरीचन्द्र राईको छोरा वर्ष १९ को सुदिप भन्ने मुन्सन राई लागूऔषधसहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोलीले निजको कोठामा खानतलासी गर्दा जेब्रा झोला भित्र लुकाईछिपाई राखिएको अवस्थामा लागूऔषध ट्रामाडोल ८८७६ क्याप्सुल, मेफ्निक स्पा-७८९० ट्याब्लेट नाइट्राजेपाम -२० ट्याब्लेट, स्पारेस-२९५ ट्याब्लेट र कोलिवन-३१२ ट्याब्लेट फेला पारेको थियो ।
उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, असार ११, २०८२ १६:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय