काठमाडौं - नेकपा माओवादी केन्द्रका प्रमुख सचेकत हितराज पाण्डेले मन्त्रीहरू बिना सदन नचल्ने भन्दै विरोध जनाएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सदनमा मन्त्रीसामु राख्नुपर्ने गुनासोहरू मन्त्रीहरूकै उपस्थिति बिना सदन संचालन गर्न नहुने भन्दै विरोध गरे ।
‘सदन भएका दिन मन्त्रीहरूको उपस्थित हुँदैनन् । मन्त्रीहरूले नियम पालना गर्न नपर्ने अरूले मात्रै पालना गर्नपर्ने ?’उनको आक्रोश थियो ।
उनले भने ‘सरकारले सदनलाई धेरै हेप्यो । बारम्बार कार्यसूची आउँछ अनि फेरि हटाइन्छ । कारण मन्त्रीको अनुपस्थिति भनिन्छ । आजपनि मन्त्री छैनन् । मन्त्रीहरू बेगर यो सदन अघि बढ्दैन । नियम अरूले मान्नुपर्ने मन्त्रीहरूले मान्न पर्दैन ? मन्त्रीलाई सुनाउनुपर्ने कुरा मन्त्री नै छैनन् । त्यसैले सरकारको उपस्थिति विना यो सदन अघि बढ्दैन ।’