Harsamaya
पोखरामा लागूऔषधसहित चार जना पक्राउ
स्याङ्जा घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नं. ७ रत्नचोक बस्ने २८ वर्षको मनोज रेग्मी, पोखराका २८ वर्षीय राज बहादुर पौडेल, राजेश बहादुर पौडेल र २३ वर्षकी रोज कुँवर ।

पोखरा - कास्कीको पोखरा महानगरपालिका ८ सिमलचौरबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा स्याङ्जा घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नं. ७ रत्नचोक बस्ने २८ वर्षको मनोज रेग्मी, पोखराका २८ वर्षीय राज बहादुर पौडेल, राजेश बहादुर पौडेल र २३ वर्षकी रोज कुँवर रहेका छन् । 

सोमबार कास्की जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

सिमलचौरस्थित प्रतिभा मार्गमा सवारी साधन चेकजाँच गर्दा ग १७ प ७२३४ नम्बरको मोटर साइकल र ग १४ प ३३५९ नम्बरको मोटर साइकलबाट केही ट्याब्लेट र मोबाइल दुई थान बरामद गरिएको छ । 

पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update