सुनचाँदीको मूल्य घट्यो

काठमाडौं - आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदी २ हजार २०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य तोलामा २ हजार २२५ रुपैयाँ कायम भएको थियो ।
केही दिन आन्दोलनका कारण बन्द भएका राजधानीका सुनचाँदी पसल बिहीबारदेखि निर्बाध सञ्चालनमा आएका छन् ।
प्रकाशित मिति: बिहीबार, असार ५, २०८२ १२:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय