Harsamaya

काठमाडौं - राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अन्तर्गत गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकका मुद्दाबारे छलफल भएको छ । 

सोमबार सिहंदरबारमा बसेको बैठकमा समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धबारे मन्त्री तथा सांसदहरु र सरोकारवालाहरुससँग छलफल गरेर ठोस निर्णय लिने बताए । 

उनले पहिलाको विधेयक अनुसार अघि बढ्ने कि नयाँ विधेयक ल्याउनेबारे गृह मन्त्रालयसँग छलफल गर्ने समेत बताए । 

रक्षा मन्त्री मानविर राईले गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकको समस्यालाई सम्बोधन गर्न नेपालको संविधान एवं परिस्थिति अनुसार अघि बढ्ने बताए । उनले आजसम्म गरेका दुःखलाई एउटा शिक्षाको रूपमा लिन आवश्यक रहेको औँल्याए ।  

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update