कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियो भद्रकालीमा

काठमाडौं - निषेधित क्षेत्र तोड्न खोजेको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जना राजावादी पक्राउ परेका छन् ।
नक्साल, नारायणचौरबाट बालुवाटारतर्फ जान खोज्दा थापासहित ६ जना राजावादी पक्राउ परेका हुन् ।
राप्रपा नेपालका अनुसार यसरी पक्राउ पर्नेमा थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमल्सिना रहेका छन् ।
उनीहरूलाई काठमाडौं जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२ १७:१८
प्रतिक्रिया दिनुहोस्