Harsamaya
खास लडाई भोलिबाट सुरु हुन्छ, हामी अब ५० ठाउँबाट निस्कन्छौं - राजेन्द्र लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ।

काठमाडौं - राजावादी आन्दोलनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि उनका आन्दोलनका मुख्य सहयोगी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आक्रोशित भएका छन् । अध्यक्ष थापालाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरी लगे पछि लिङ्देन आक्रोशित भएका हुन् ।

‘हामी शान्तिपुर्ण प्रदर्शन गरिरहेका छौं, आज प्रहरीले दमन गरेको छ, यो सह्य छैन,’ थापा पक्राउ परे पछि लिङ्देनले भने, ‘खास लडाइ अब भोलिबाट सुरू हुन्छ, हामी एक ठाउँमा जम्मा हुँदैनौं, ५० ठाउँबाट जुलुस निकाल्छौं ।'

नारायणचौर, नक्सालमा जम्मा भएर बालुवाटारतर्फ जान लाग्दा प्रहरीले प्रदर्शनीकारी माथि हस्तक्षेप गरेको हो । सो प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा केही घाइतेसम्म हुन पुगेका छन् । 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update