२५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष राजेन्द्र वीर पक्राउ

काठमाडौं - २५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक र प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन् ।
कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत एवं पटक पटक सञ्चालक समिति अध्यक्ष पदमा रही उक्त बैंकमा संकलन भएको बचत कर्ताहरूको २५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार रहेका राजेन्द्र वीर रायलाई प्रकाउ गरिएको हो।
ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले पक्राउ गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ। उनलाई रूपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियावाट पक्राउ गरिएको हो ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२ १२:४२
प्रतिक्रिया दिनुहोस्