Harsamaya
राजावादीको आन्दोलनमा तीन जना पक्राउ
राजावादी आन्दोलन ।

काठमाडौं - काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा घुसपैठ भएको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । 

उनीहरूलाई प्रदर्शनकारीहरूले प्रहरीको जिम्मा लगाएका हुन् । पक्राउ पर्नेमा उदयपुर घर भएका ४५ वर्षीय भक्तबहादुर कार्की, पर्वत घर भएका २२ वर्षीय घनश्याम न्यौपाने र भारतीय नागरिक २३ वर्षीय वृजमोहन राय रहेका छन् ।

उनीहरूमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए ।  उनीहरू शान्तिबाटिका र भोटाहिटीबाट पक्राउ परेका हुन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update