Harsamaya
नागढुंगा–नौबिसे सडकखण्डमा बस पल्टियो, तीन जना घाइते

काठमाडौं - काठमाडौंको नागढुंगा–नौबिसे सडक खण्डको नाग मन्दिर नजिकै बस पल्टिँदा तीन जना घाइते भएका छन् । घाइते मध्य रोल्पाको परिवर्तन गाउँपालिकाकी २५ वर्षीय रोशनी घर्ती मगरको अवस्था भने गम्भीर छ । उनलाई उपचारका लागि कलङ्कीको शहीद मेमोरियल अस्पतालमा ल्याइएको छ ।

दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस  बिहान पौने तीन बजेतिर सडकको नालीमा खसेको थियो । उकालोमा ब्रेक नलागेर बस ब्याक भएको र नालीमा खसेको प्रहरीले जनाएको छ । बस पल्टिएर बाटो जाम हुँदा सवारी साधनको लामो लाइन लागेको छ ।बसलाई हटाउन क्रेन पठाइएको छ । त्यसैले बाटो खुलेर सामान्य अवस्थामा फर्किन अझै केही घण्टा लाग्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update