Harsamaya
नवलपुरको अम्रसा जङ्गलमा मोटरसाइकल  दुर्घटना, दुई जनाको मृत्यु

पोखरा -  नवलपुरको मध्यविन्दुमा मोटरसाइकल  दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  नवलपुरको मध्यविन्दुको नगरपालिका ७ अम्रसा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा  चोरमारा बस्ने २४ वर्षका नविन कुमाल र सोही ठाउँका २२वर्षीय रादिम मिधुन छन् । 

अम्रसाबाट चोरमारा तर्फ आउँदै गरेको लु९प ८११६ नम्बरको मोटरसाइकल बाटो चिप्लो भएका कारण नियन्त्रण गुमाएर आज बिहान दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ५ घर भई मध्यविन्दु ७ चोरमारामा बस्ने २८ वर्षका मनिष घर्ती मगर गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update