बलात्कार अभियोगमा ७० वर्षीया वृद्धा पक्राउ
                            
                            
                                                        
                                                    
                                                            कैलाली - एक महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक वृद्धा पक्राउ परेका छन् ।
२८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जोशीपुर गाउँपालिका–५ सिमराना बस्ने ७० वर्षीय लोक बहादुर बिष्टलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
बिष्टले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट प्रतिखेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  २०:३३
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
