Harsamaya
बंगलादेश सरकारका प्रमुख सल्लाहकार युनुस राजीनामा दिने तयारीमा
बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस ।

काठमाडौं - बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस राजीनामा दिने सोचमा छन् ।

विद्यार्थी नेता तथा राष्ट्रिय नागरिक पार्टीका संयोजक नाहिद इस्लामले मोहम्मद युनुसलाई जमुनास्थित उनको निवासमा भेट्दा राजीनामा दिने मनस्थितिमा रहेको बताएकी हुन् । 

नाहिद इस्लामले बीबीसीलाई भनिन्, ‘देशको वर्तमान परिस्थितिका कारण हामीले सरको राजीनामाको खबर सुनिरहेका थियौं। त्यसैले म उहाँलाई भेट्न गएँ। यस भेटघाटको क्रममा प्रमुख सल्लाहकारले देशको वर्तमान अवस्थामा काम गर्न नसक्ने चिन्ता व्यक्त गर्नुभयो।’

यसअघि मोहम्मद युनुसले ढाकामा भएको सल्लाहकार परिषद्को बैठकमा देशको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

अर्कोतर्फ, राजनीतिक दलहरूले पनि अन्तरिम सरकारमाथि दबाब दिइरहेका छन्। पूर्व प्रधानमन्त्री खालिदा जियाको बीएनपी पार्टीले बिहीबार अन्तरिम सरकारका केही सल्लाहकारहरूलाई हटाउन माग गरेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update