Harsamaya
काँग्रेसले पार्यो राजसंस्थाबारे स्पष्ट
नेपाली काँगेसका सभापति शेरबहादुर देउवा ।

काठमाडौं - नेपाली कांग्रेसले राजसंस्थाबारे पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनेर चर्चा भइरहेको विषयबारे प्रस्ट पारेको छ । बिहीबार एक विज्ञप्तिमार्फत कांग्रेसले देउवाको भनाइका नाममा भ्रामक र कपोलकल्पितरूपमा प्रचारप्रसार गरिएको भन्दै गम्भीर ध्यानाकृष्ट भएको जनाएको हो । 

‘कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनी सञ्चार माध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । उहाँले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आमसञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो,’ विज्ञप्तिमा भनिएको छ ।

सभापति देउवाले कहि कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आमसंचारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत भएको काँग्रेसको ठहर छ । 

Cogress-1747910060.jpg
 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update