
काठमाडौ - सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज पनि सुनुवाइ हुँदै छ । ६ पटक हेर्न नमिल्ने भएको उक्त रिट मंगलबार देखी सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको छ । मंगलबार न्यायाधीशद्धय सुबेदी र ठकालको इजलासमा सुनुवाइ भएर हेर्दा हेर्दैमा रहेको उक्त मुद्दा आज सोही इजलासमा निरन्तर सुनुवाइ हुनेछ ।
लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटसँग उनी र पूर्वडीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर अन्य दुई रिट लगाउमा रहेका छन् ।
गत वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही दिन लामिछाने र जोशीको तर्फबाट सहकारी प्रकरणमा अन्य दुई रिट पनि दर्ता भएका थिए ।