बलात्कार र चोरी मुद्दाका फरार झापाका प्रदिप पक्राउ

झापा - जबरजस्ती करणी र चोरीसहित दोहोरो मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
मेचीनगर नगरपालिका–११ बस्ने ३२ वर्षीय प्रदिप राईलाई प्रहरीले हालै पक्राउ गरेको हो।
पुनरावेदन अदालत इलामको २०७२ असार १६ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद सजाय तथा पीडितलाई १ लाख क्षतिपूर्ति भराउनु पर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पाँचथर फिदिमबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार कार्यालय, झापा पठाइएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२ १९:०६
प्रतिक्रिया दिनुहोस्