Harsamaya
गाजाको  अल-मावासीमा इजरायली आक्रमण, ३६ जनाको मृत्यु

इजरायल - इजरायली सेनाले पछिल्लो समय ‘सुरक्षित क्षेत्र’ भनिएको अल–मावासीमा आक्रमण गरेको छ । उक्त आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ । इजरायलले गाजामा थप आक्रमणको तयारी गरिरहेका बेला यो आक्रमण भएको हो । यसैबीच, इराकको राजधानी बग्दादमा भेला भएका अरब देशका नेताहरूले गाजामाथिको युद्ध तत्काल अन्त्य गर्न माग गरेका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म ५३ हजार २सय७२ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।  एक लाख २० हजार ६ सय७३ जना घाइते भएका छन् ।

यता, हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा एक हजार १३९ जनाको ज्यान गएको थियो भने २०० भन्दा बढी व्यक्तिहरूलाई अपहरण गरिएको इजरायलको दाबी छ ।

यता कतारमा हमाससँग युद्धविरामको लागि वार्ता चलिरहेको बेलामा यो आक्रमण भएको हो । हमासले युद्धविरामको लागि शनिबार मत्रै इजरायल समक्ष नयाँ प्रस्ताव गरेको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update