काभ्रेमा करेन्ट लागेर एक मजदुरको मृत्यु

काठमाडौं - काभ्रेको धुलिखेल नगरपालिका- ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत पोलमा काम गरिरहेका एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
११ हजार भोल्टको हाइट्रेसन लाइनको पोलमा चढेर काम गरिरहेका सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथान बस्ने वर्ष २८ का उपेस परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए ।
तार जोड्न पोलमा चढेका परियारको विद्युत प्राधिकरणले सूचनाविनै लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको आरोप छ।
घटनाको अनुसन्धान भइरहेको र शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२ १४:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय