Harsamaya
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दल बैठक ।

काठमाडौं - सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार बैठक शनिबार दिउँसो २:०० बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार/विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए । 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update