Harsamaya
राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसी ।

काठमाडौं - राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसी पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमा भाम्रक सूचना सम्प्रेषण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले उनलाई आज पक्राउ गरेको हो । उनी राप्रपा निकट युवा भातृ संस्थाका अध्यक्ष हुन् । 

केसीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको अपराधमा अनुसन्धान भइरहेको जनाइएको छ । विस्तृत जानकारी आउन बाँकी रहेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १३:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update