Harsamaya
सुनचाँदीको मूल्य घट्यो 
सांकेतिक तस्वीर ।

काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३५ सय  रुपैयाँले घटेको हो ।

यसअघि बुधबार १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update