
मकवानपुर - जेठ २ गते देखि २० गतेसम्म कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सुचना जारी गर्दै सडक कालोपत्रे गर्नका लागि सवारी साधनहरू पूर्णरुपमा बन्द गर्न लागिएकाले हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नेहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ । विकल्पमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
‘इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडकखण्ड कालोपत्रे गर्ने प्रयोजनार्थ मिति २०८२–०२–०२ गतेदेखि मिति २०८२–०२–२०गतेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्णरुपमा बन्द हुने भएकोले सो अवधिमा हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने सवारी साधनहरुले अन्य वैकल्पिक मार्ग (कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक) को प्रयोग गर्नुहुन‘।’ जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सूचनामा लेखिएको छ ।