दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु
जनकपुरधाम - मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा ४५९ विपद्का घटना हुँदा ९२ जनाको मृत्यु भएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ४७ पुरुष, १९ महिला र २६ बालबालिका छन्। सबैभन्दा बढी करेन्ट लागेर ३९ र पानीमा डुबेर २९ जनाको मृत्यु भएको छ।
सो अवधिमा आगलागीका ११२, करेन्टका १०७, पानीमा डुबेका ३७, जङ्गली जनावरको आक्रमणका ३२, बाढीका १२ र चट्याङका १० घटना भएका छन्।
विपद्का घटनाबाट ५१० परिवार प्रभावित भएका छन् भने रु दुई करोड ९२ लाख ४७ हजार ५५५ बराबरको भौतिक क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उद्धार तथा विपद् व्यवस्थापनमा दुई हजार ८६९ प्रहरी परिचालन गरिएको थियो।
प्रकाशित मिति: शनिबार, असोज १७, २०८३ २१:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

