कुलेखानी–कलंकी–हुमाने सडकखण्ड १९ दिन बन्द
बुधबार, वैशाख ३१, २०८२
जेठ २ गते देखि २० गतेसम्म कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सुचना जारी गर्दै सडक कालोपत्रे गर्नका लागि सवारी साधनहरू पूर्णरुपमा बन्द गर्न लागिएकाले हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नेहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ । विकल्पमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ

फाखेल–हुमाने सडक बन्द
शुक्रबार, फागुन २, २०८१
अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।