खैरो हेरोइनसहित कैलालीमा दुई भारतीय पक्राउ

कैलाली - धनगढीबाट लागू औषध खैरो हेरोइनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको लागू औषध ब्यूरो शाखा धनगढी र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका– १, पशुपति टोलबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भई हाल धनगढी– १ बस्ने ४१ वर्षीय पप्पु खान र २९ वर्षीय मजमिल्ल अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
उनीहरूको साथबाट १२ ग्राम दुई सय ५० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाका गणेश नाथले जारी गरेको सूचनामा उल्लेख छ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२ १७:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय