३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुरुष पक्राउ

रूपन्देही - बलात्कार आरोपमा रुपन्देहीबाट एक पुरुष पक्राउ परेका छन् । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका-४ बुद्ध कोलोनी बस्ने ५२ वर्षीय कुश कार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
कुशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२ २१:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय