
काठमाडौं - देशका विभिन्न स्थानमा गरिएको सुरक्षा कारबाहीका क्रममा प्रहरीले अवैध लागूऔषध कारोबार तथा सेवनमा संलग्न १४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको छ।
कपिलवस्तु, वाणगंगा नगरपालिका-११ नेपालचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही सैनामैना नगरपालिका-१० पानबारी बस्ने ३२ वर्षीय पर्वत श्रीसमगर र ३४ वर्षीय अशोक विक रहेका छन् । अस्थायी प्रहरी पोष्ट भड्डिहवाबाट खटिएको प्रहरीले लु.२९ प २१०० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम २ सय ३० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-१६ बस्ने ३६ वर्षीय सुजन विकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ८० मिलिग्राम सहित बेलवारी नगरपालिका-३ बस्ने २५ वर्षीय मिलन धिमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-२० बस्ने ४० वर्षीय राजकुमार बस्नेत र २३ वर्षीय मदन बुढाथोकी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध फेनारगन ६२ एम्पुल, नोर्फिन ६२ एम्पुल र डाईजेपाम ६२ एम्पुल सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-३१ बस्ने ३० वर्षीय आशिक जलारी र तनहुँ शुक्लागण्डकी नगरपालिका-३ बस्ने २२ वर्षीय प्रदिप विक रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग.१ ख ९२६९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २५ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय अजित दोङ र २१ वर्षीय बिनय लामा रहेका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बारा, विश्रामपुर गाउँपालिका-५ नकटुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय शेख फैईयाज र आदर्श कोतवाल गाउँपालिका-२ खजुरिया बस्ने ३५ वर्षीय नितेश कुमार कोईरी रहेका छन् । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, गौरीगंज गाउँपालिका-२ परेवाखोपीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका-५ स्कुलचन्द बस्ने २२ वर्षीय अभिषेक राई र दमक नगरपालिका-३ बांगुबारी बस्ने २२ वर्षीय दिपेश बानिया रहेका छन् । प्रहरी चौकी कोरोबारी समेतबाट खटिएको प्रहरीले बा.२८ प ५३८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।