Harsamaya
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको सुनुवाइ आज हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन माथि आज सुनवाइ हुँदैछ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दा माथि सुनवाइ हुन लागेको हो । 

गत वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । 

वैशाख ९ गते न्यायाधीश अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारीसमेत गरेको थियो ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update