Harsamaya
मुगुमा आगलागी पीडितलाई राहत वितरण
मुगुमा आगलागी पीडितलाई राहत वितरण । 

मुगु -  विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी मुगु जिल्ला शाखाले आगलागी पीडित घर परीवरलाई राहताका सामाग्री वितरण गरेको छ ।

गत चैत्र १७ गते मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका वडा नम्बर ११ रोवामा आगलागी भएका १२ घर परिवार  र हावा हुरीबाट पीडित १ घर परिवार गरी १३ घर परिवारलाई प्रति घर १ त्रिपाल, १ कम्बल, क्यटिस,१ रसि, १ स्टिलको थाल, १ गिलास, खान पकाउने भाडा १, कपडा, डाडुपनिया १,१, वितरण गरिएको छ । 

यसै गरी श्री मष्टा मा.बिलाई २ थान त्रिपाल पनि वितरण गरिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update