Harsamaya
बाघको आक्रमणबाट एक जनाको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

कैलाली - बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीले जानकारी दिए । 

उनका अनुसार बिहान करिब ५ः०० बजे चौधरीसहित तीन जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए । च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो । उनीसँगै गएका अन्य दुई जनाले भने भागेर ज्यान जोगाएका थिए । 

बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी वरिष्ठ नायब निरीक्षक शाहीले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update