Harsamaya
भाटभटेनी सुपरमार्केटमा चोरी गर्ने पक्राउ
दोलखाको बैतेश्वर गाउँपालिका–२ का ३७ वर्षीय बिमल श्रेष्ठ ।

काठमाडौं - भाटभटेनी सुपरमार्केटमा चोरी गर्ने एक जना पक्राउ परेका छन् । दुई लाख १७ हजार मूल्य बराबरका विभिन्न सामान चोरी गर्ने दोलखाको बैतेश्वर गाउँपालिका–२ का ३७ वर्षीय बिमल श्रेष्ठलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी एवं प्रवक्ता अपील राज बोहराले जानकारी दिए ।

काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केटको भुइँ तलामा रहेको ग्रोसरीबाट सोमबार विभिन्न सरसामान चोरी भएको थियो ।

पक्राउ परेका श्रेष्ठविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी बोहराले बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  २२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update