Harsamaya
जेसीबी मेसिन सडकबाट खस्दा चालकको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सुर्खेत - बराहताल गाउँपालिका–७ नयाँवनस्थित भित्री सडकखण्डमा जेसीबी मेसिन सडकबाट करिब ३०० मिटर तल खस्दा चालकको मृत्यु भएको छ।

सडक निर्माणका क्रममा बाटो सफा गर्ने क्रममा भे.१ ग १२७ नम्बरको जेसीबी सडकबाट भिरमा खसेको थियो। दुर्घटनामा जेसीबी चालक बराहताल गाउँपालिका–५ निवासी करिब ३३ वर्षीय रामप्रसाद लामिछाने गम्भीर घाइते भएका थिए।

घाइते लामिछानेलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ, सुर्खेत पुर्‍याइएकोमा चिकित्सकले ईसीजी परीक्षण गरी मृत घोषणा गरेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update